थप २८८ जनामा कोरोना संक्रमण , संक्रमीतको संख्या २ हजार ९९ पुग्यो

बुटवल । नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ

 
 
  
 

You may also like