बाँके र बर्दियामा गरि ५ जनामा कोरोना संक्रमण , कुल संक्रमित संख्या ६ सय ८ पुग्यो

बुटवल । नेपालमा थप ५ जना कोरोना भाइरस [कोभिड-१९] बाट संक्रमित थपिएकाछन् । यो सँगै संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट ५ जना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट बांकेका ४ र बर्दियाका १ जनामा संक्रमण पुष्टी भएको छ । बांके राप्ती सोनारी गांउपालिकाका २४, २३, २३, र १६ वर्षका पुरुष तथा बर्दिया बांसगढी ५ का २५ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रतिष्ठानले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बांके, बर्दिया र दाङको २२९ नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलास प्रसाद देवले जानकारी दिनुभयो ।

 

 
 
  
 

You may also like