लियो क्लब अफ बुटवल मणिमुकुन्दकोे अध्यक्षमा कोमल थापा

बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्द वर्ष २०२०-२१ निर्विरोध अध्यक्षमा लियो कोमल थापा चयन भएकी छिन । क्लबले बसेको अनलाईन बैठक बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो राहुल कसौधन , सचिवमा लियो केशब पाण्डे र कोषाध्यक्षमा लियो अनिश रत्न तुलाधर चयन भएका छ्न ।

निर्वाचन अधिकृतको रुपमा संस्थापक अध्यक्ष लियो अब्दुल साजिदले सहमतिमा अन्तिम परिणाम घोषणा गरे।कार्यक्रम लियो अध्यक्ष शाह फैजको अध्यक्षतामा सम्पन्न भएको थियो।

बिगत ६ वर्ष देखि यस बुटवल क्षेत्र लगायत नजिकका क्षेत्रमा बिभिन्न सामाजिक सेवाहरु , युवा बिकासका कार्यहरु गर्दै आफ्नो बेग्लै पहिचान बनाउन सफल यस संस्थाले आफ्नो पहिलो महिला अध्यक्षको रुपमा कोमललाई पाएको छ र यसै कार्यक्रममा कोमलले आफ्नो भनाई राख्दै आगामि वर्षको क्लबमा हुने कार्य योजना पनि पेस गरेकीछिन ।

 

हाल बिश्व भरी फैलिएको कोरोना भाईरसको कारणले गर्दा लक डाउनको नियम पालना गर्दै अनलाइनबाट अधिबेशन गरिएको र बाकी समिति कार्यकाल सुरुवात संगै गरिने निर्वाचन अधिकृत लियो अब्दुल साजिदले जानकारी दिएका छन् । क्लबका पुर्व अध्यक्ष मदन थापाले आफ्नो मन्तब्यमा शुभकामना सहित बधाई दिइएका थिए ।

 
 
  
 

You may also like