इटहरीका कटुवालको साउदीमा कोरोना संक्रमणबाट मृत्यु

सुनसरी । वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका सुनसरी इटहरीका लिलामान कटुवालको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।केही वर्षदेखि साउदीमा कार्यरत सुनसरी–५ इटहरी घर भएका ५१ वर्षीय कटुवालको कोरोना संक्रमणबाट साउदीमा मृत्यु भएको उनका परिवारले जानकारी दिएका छन् । पछिल्लोपल्ट एक वर्षअघि उनी छोराको व्रतबन्धका लागि नेपाल आए थिए ।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि बुबाले परिवारलाई जानकारी दिएको उनकी छोरी अञ्जु कट्वालले जानकारी गराएकी छन् । १६ दिनअघि संक्रमित भएको थाहा दिएका लिलामानले सात दिनअघि अन्तिमपल्ट भेन्टिलेटरबाट भिडियो कल गरेको परिवारले जनाएका छन् ।

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ । पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो ।

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि शुरु गरिएको छ । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन् । परिवारले अन्तिम समयमा बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट व्यक्त गरेका छन् ।

 
 
  
 

You may also like