युनियनमा आवद्ध पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान

बुटवल।विमन केयर सोसाईटी रुपन्देहीले नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीको समन्वय सोसाइटिको सहयोगमा जिल्लाका ६० जना पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको हो । कोरोनाको त्रासका बीच नागरिकलाई सुचना प्रवाह गर्दै सुसुचित गर्ने काममा खटिने पत्रकारको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्येस्यले मास्क र सेनिटाईजर प्रदान गरीएको विमन केयर सोसाइटिका अध्यक्ष रिता केसीले बताउनु भयो ।
पेशागत उत्तरदायित्व बहन गदै समाचार संलनकालागि फिल्डमा खटिनु पर्ने वा संचारगृह आउजाउ गर्नुपर्ने युनियनका पत्रकारलाई न्युनतम स्वास्थ्य सामाग्री प्रदान गरिएको प्रेस युनियनका अध्यक्ष रेखा भुसालले बताउनु भयो । आगामी दिनमा पनि संचारकर्मीहरुको स्वास्थ्य सुरक्षाकालागि आवश्यक पर्ने न्युनतम सामाग्री व्यवस्थापन गरीने अध्यक्ष भुसालले बताउनु भयो ।
प्रेस युनियन रुपन्देहीले यस अघि युनियनमा आवद्ध पत्रकारलाई मास्क, स्यानिटाईजर र पंन्जा प्रदान गरेको थियो । कोभिड १९ को जोखमीबाट बच्न आवश्यक सावधानी अपनाएर पेशागत भुमीका निर्वाह गर्न पनि नेपाल प्रेस युनियन रुपन्देहीले पत्रकार तथा संचारकर्मीहरुलाइ आग्रह गरेको छ ।

 
 
  
 

You may also like