राष्ट्रिय संगीतकर्मी संघले राहत बितरण,अभियानलाई तिब्रता दिदै १२२५ मा पुग्यो राहत

काठमाडौ। राष्ट्रिय संगीतकर्मी संघको राहत अभियान आज ३१ औ दिनमा पनि कुनै दिन कुनै प्रबाह नगरी निरन्तर रुपले जारी रहेको छ।आज सम्म १२२५ जनामा राहत बितरण गरेको संघले सबै बिधा र छेत्रका कलाकर्मी लगाएत अपांग दृस्टीबिहिन र बिपन्न मजदुर सम्ममा राहत बितरण गर्न सफल भएको छ।आजको अभियानना संघका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की उपाध्यक्ष अमृत खाती महासचिव बिक्रम जङ शाह प्रबक्ता होमराज सुबेदी कोषाध्यक्ष मिलन श्रेष्ठ सचिबालय सदस्य राज कुमार हुमागाइ समाजसेबी रिता पुरी लगाएतको उपस्थिति रहेको थियो।बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म निरन्तर रुपमा भक्तपुर ललितपुर काठमाडौका बिभी,भेगमस बितरित आजको राहत को ब्यबस्थापन केन्द्रीय समिति लगाएत केन्द्रीय कोषाध्यक्ष मिलन श्रेष्ठ मार्फत समाजसेबी रिता पुरी र गजेन्द्र बस्नेतले गर्नुभएको थियो।

लक डाउन भरी कुनै दिन खाली नराखी बितरण भएको यो राहत अभियानमा संघले अफ्टेरोमा परे भनेका एकजना कलाकर्मीलाई पनि बिना भेदभाव कोठा कोठामा पुगेर कोहि पनि नछुटाइ कोहि पनि नटुटाइ बितरण गर्दै आएको छ। अभियानमा महासचिवको गाडी ठोक्कियो ।

अभियान कै क्रममा सस्थाका महासचिव तथा बिपद ब्यबस्थापन समितीका सम्योजक बिक्रम जङ शाहको गाडी २ पटक ठोक्की सकेको छ भने एकचोटि ठोक्किदा त कुचिएर पछाडिको भाग मर्मत गर्नु पर्ने अबस्थामा पुगेको छ भने समय अभावले मर्मत सम्म गर्न भ्याउनु भएको छैन भने केन्द्रीय अध्यक्षको समुहमा सधै जसो दौडिने सचिबालय सदस्य राज कुमार हुमागाइको गाडी पनि विभिन्न कच्ची बाटो हिडदा असर परेको छ भने आर्को सधै जसो हिड्ने उपाध्यक्ष उमा श्रेष्ठको गाडीको हालत नि तेहि छ भने यो अभियानमा अर्का उपाध्यक्ष श्याम धितालको गाडी पनि प्रयोग हुदै आइरहेको छ। यो अभियान जारी रहने कुरा महासचिव बिक्रम जङ्ग शाहले जनाउनु भएको छ

 
 
  
 

You may also like