हिन्दू धर्मशास्त्र अनसार ननुहाइकन खाना खानु हुँदैन भन्ने मात्र होइन यसको वैज्ञानिक कारण पनि छ

हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्नु हुँदैन भनिएको छ । शास्त्रमा लेखिएको छ : अस्नायी समलं भुंक्ते अर्थात् ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ ।

आजकल पश्चिमको अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिँदैनन् तर यसका पछाडि वैज्ञानिक कारण विद्यमान छन् ।

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुन्छ जसले भोजन पचाउन मद्दत गर्छ जबकि नुहाउनुअघि खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्छ ।

नुहाउनुअघि झोल पदार्थ मात्र खाएको राम्रो तर ठोस भोजन चाहिँ नुहाएपछि नै खानुपर्छ ।

नुहाउँदा शरीरको मल सफा हुन्छ । अनि मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ । नुहाएपछि शरीर ताजा हुन्छ र स्फुर्ति आउँछ अनि भोक जाग्छ र खाना मजाले पच्छ ।

 
 
  
 

You may also like