लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा राहत बितरण

  • बिन्दु कुमार चौहान

लुम्बिनी । कोरोना भाईरस (कोभिट १९) न्यूनीकरण हेतु नेपाल लकडाउन पीडितहरुका लागि रुपन्देहीको लुम्बिनी साास्कृतिक नगरपालिकाद्वारा पहिलो चरणको राहत प्याकेज बितरण शुरु गरिएको छ ।

कोरोना महामारी बिपद ब्यवस्थापन कोष मार्फत एक करोड ४७ लाखको लगानीमा प्रति परिवार १५ किलोग्राम चामल दुई किलो दाल,चार किलो आलु, एक लीटर खानेतेल ,एक किलो नून र दुई पीस साबुन वडा नं. ४, ६ र ११ मा एकै साथ बितरण कार्य शुभारम्भ गरिएको हो ।
उक्त राहत प्याकेज लुम्बिनी नगरप्रमुख मनमोहन चौधरी तथा उपप्रमुख जानकीदेबी श्रीवास्तवद्वारा संयुक्त रुपमा प्रत्येक वडामा घरदैलो कार्यक्रम गरि बितरण शुरु गरिएको नगरपालिका सचिवालयका अर्जुन कुर्मीले जानकारी गराए ।

यसै गरि रुपन्देहीको गैडहवा गाँउपालिकाले वडा नं.२, ४ ,७ , ८ र ९ अन्र्तगत एक हजार तीनसय ६६ जनालाई राहत प्योकेज बितरण गरिसकेको तथ्याँक सार्बजनिक गरेको छ ।

 
 
  
 

You may also like