कपिलवस्तुमा भेटिए कोरोना संक्रमित युवतीसँगै आएका एक युवक

कपिलवस्तु । सोमबार कोरोना संक्रमण पुष्टी भएकी १९ बर्षीय युवतीसँगै कतार ऐअरवेजमा आएका अर्का युवक कपिलवस्तुमा भेटिएका छन् । चैत ४ गते कतारबाट फकिँदा सोही जहाजमा यात्रा गरेको खुलेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पुष्टी गरे ।
युवक बुद्धभूमि ३ रनगाईका रहेको पाइएको छ । नगर प्रमुख श्रेष्ठले युवकलाई गोरुसिंगे स्थित क्वारेनटाइनमा राखिएको जानकारी दिए । श्रेष्ठका अनुसार युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा रहेकाले नगरवासीलाई नआत्तिन नगर प्रमुख श्रेष्ठले आग्रह गरे । ‘संगै आएकाले क्वारेनटाइनमा राखिएको हो, उनको स्वास्थ्य तत्काल ठिकठाक रहेको पाइएको छ’, नगर प्रमुख श्रेष्ठले भने’,‘आवश्यक चेकजाँच गरिनेछ । नगरबासी यो विषयमा हतासिन हुँदैन ।’

 
 
  
 

You may also like