एसईईसहित सबै परीक्षा स्थगित

काठमाडौं।माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा स्थगित गरेकाे छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगातका सहित सबै परीक्षा स्थगित पनि स्थगित गर्ने निर्णय गरेको हो । एसईई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको उपप्रधानमन्त्री पोखरेलले बताए । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

एसईई परीक्षा चैत ६ गतेदेखि हुने पूर्व निर्धारित तालिका थियो । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

सरकारलेएसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।

 
 
  
 

You may also like