फरार रामबहादुर बम्जनको राजसी शान ! आश्रम आधुनिक र भब्य

by समतल अनलाइन

सिन्धुली । प्रहरीको पक्राउ सूचीमा रहेका रामबहादुर बम्जन आधुनिक शैलीमा बनाइएका घरमा बस्दा रहेछन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा उनले बम्जन आश्रम नै सञ्चालन गरेका छन् । बलात्कार आरोपपछि उनी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले त्यसै क्रममा आश्रम पुगेर उनी सुत्ने कोठाको खानतलासी लिएका छन् ।

त्यस क्रममा आश्रममा बम्जनका लागि दुई वटा कोठा छुट्याइएको पाइएको छ । ती कोठामा उनले दुई वटा बेड एकै प्रकृतिका राखेका रहेछन । मूलगेटबाट छिर्ने वित्तिकै दाहिने साइडमा आकर्षक शैलीमा सजिएको कोठा छ ।

उक्त कोठासँगै एटेज बाथरुम र भान्सा छ । भान्सा कोठाको दृष्य त झनै हेरौं हेरौं जस्तो छ । भान्सामा काजु, किसमिसलगायतका खानेकुरार्ले याक भरिएका छन् । उनी सुत्ने कोठामा यत्रतत्र आकर्षक खेलौना समेत राखिएको पाइएको छ ।

र्‍याकमा बम्जनको तस्विर र त्यसमा छोरासहितको श्रीमतीको फोटो पनि छ । बम्जन आश्रममा उनका अनुयायीहरुले गेटदेखि नै कडीकडाउ गर्छन् । गेटमा पुग्ने वित्तिकै पैदल यात्रुदेखि सवारीसाधन सबैलाई इन्ट्री गर्नुपर्छ ।

अनुयायीहरुका अनुसार बम्जनलाई खोज्ने क्रममा प्रहरीले हालै उनी बस्ने ढोकाको ताला फोडेको छ । उनीहरुले प्रहरीको यो कदमलाई धर्ममाथि प्रहार भनेका छन् । अनुयायीहरु भन्छन्, ‘गुरुको कोठा फोड्नु हाम्रो धर्ममाथि प्रहार हो’, प्रहरीको कारवाहीप्रति उनीहरु उनीहरु चिन्तित देखिन्थे । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like