प्रियंका र आयुष्मानको बिहेको मिति सार्वजनिक

by समतल अनलाइन

काठमाडौँ । करिब १ वर्ष अघि इन्गेजमेन्ट गरेका चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहेको मिति सार्वजनिक भएको छ ।
करिब २ वर्षको प्रेमलाई बल्ल बिवाहको नाम दिन लागेका यी कलाकारले आफ्नो बिवाहको मिति ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफैँ सोसल मिडिया मार्फत सार्वजनिक गरेका हुन् । उनीहरुले सोसल मिडिया इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै आफूहरुले फेब्रुअरी २७ अर्थात् फागुन १५ गते विवाह गर्न लागेको जानकारी गराएका छन् ।

हुनत उनीहरुले फागुनमा बिवाह गर्ने भनेर केही महिना अघी देखि नै हल्ला चल्दै आईएको थियो र नायिका प्रियंकाले पनि फागुनमा बिहे गर्ने भनेर जानकारी गराए पनि मिति भने सार्वजनिक गरेकी थिईन् । तर उनीहरु बिहेको तयारीमा भने जुटेका थिए । नायिका प्रियंकाले बिहेको तयारीका कारण धेरै चलचित्रहरु समेत रिजेक्ट गर्दै पनि आईरहेकी थिईन् ।

बिहेको तयारीमा जुटेसँगै यी जोडीले काठमाडौँको भैसेपाटीमा नयाँ घर समेत खरिद गरेका छन् । बिहेपछी प्रियंका र आयुष्मान उक्त नयाँ घरमा बस्ने बताईएको छ । अहिले उनीहरु बिहेसँगै नयाँ घरको सजावटमा पनि जुटेका छन् ।

 
 
  
 

You may also like