चलचित्र “साङ्गलो” टिम बुटवलमा

by समतल अनलाइन

बुटवल। कुनै बेला नेपाली चलचित्रमा राज गरेका विराज भट्ट अहिले दर्शकहरु माझ ’साङ्गलो’ नामक चलचित्र लिएर आएका छन् उक्त चलचित्र गत शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ। देशका विभिन्न हलहरुमा भब्य रुपमा प्रदर्शन भएको चलचित्रको टिम मोफसल प्रचार प्रसारको लागि देश दौडाहाको क्रममा मंगलवार बुटवलमा आइपुगेको छ। बुटवलमा पत्रकारहरु संग कुरा गर्दै नायक विराज भट्टले अहिलेको समयमा कमेडी फिल्म मात्र बनेको परिपेक्षमा साङ्ग्लो चलचित्र एक्सन प्रदान रहेको कारण यो चलचित्रले दर्शकले मन पराइदिनु भएको छ भन्दै खुशी ब्यक्त गरे।

चलचित्रमा ग्रामिण भेगको समस्याहरु र ग्रामिण भेगहरु सुन्दर भएपनि त्यहा स्वास्थ्य, शिक्षा, यातायात जस्ता कुराहरुको समस्यालाई चलचित्रको प्रदामा उअतारेको बताए । चलचित्रको कथा नै गाउँबाट सुरु हुन्छ,’ उनले भने । गीत चोरी बिबादबारे पत्रकारको जिज्ञासामा यो बिबाद सामान्य भएको र छलफलबाट समाधान भएको बताएका छन् । चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन । निकिता र विराज यस चलचित्रमा जोडी बनेका छन् । ‘साङ्लो’ बाट सुरु भएको चलचित्र यात्रालाइ निरन्तरता दिने नायिका चण्डकले पत्रकार भेटघाटका क्रममा बताएकी छन् ।

 
 
  
 

You may also like