लुम्बिनी फलफुल व्यवसायी संघको साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघको १३ औ साधारण सभा तथा अधिवेसन बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटनगर्दै प्रदेश ५ का उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले व्यवसवायीहरुको व्यवसायीक भविश्य सुनिश्चितताको लागि प्रदेश ५ सरकार सधैभ तयार रहेको बताएका छन् । उनले प्रदेश ५ सरकार जहिले पनि व्यवसायीहरुको हितमा रहेको भन्दै जे जस्तो सहयोग गर्न पनि आफुहरु तयार रहेको मन्त्री गिरीले बताए ।

मन्त्री गिरीले जमिनलाई चाक्ला बन्दी गरेर कृषीमा लाग्नु जरूरी रहेको बताउदै कृषि उपज केन्द्र सानो भएको कारण यसको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले व्यवसायीहरुको व्यवसायीक शुनिश्चिताका लागि सरकार लागि परेको भन्दै व्यवसायको दिगो पनाका लागि उत्पादक(किसान), व्यवसायीहरुको विचमा कुनै पनि खाडल बाँकी हुन नहुने बताएका थिए ।

उनले स्वदेशमा नै उत्पादनहुने बस्तुको विक्री विरणमा विशेष जोड दिनुपर्ने भन्दै उत्पादन देखि लिएर विक्रि वितरण सम्मको लागि किसान, व्यवसायी र उपभोक्ताको विचमा व्यवसायीक सम्बन्ध कायम हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल फलफुल तरकारी ब्यबसायी महासंघका केन्दीय अध्यक्ष खुम प्रसाद घिमीरे ले फलफुल तरकारीका समस्या धेरै रहेको भन्दै राज्यले समयमा ब्यबथापन गन नसकेको बताए । उनले फलफलको थोक व्यवसाय गर्ने ठाउको अभाव रहेको भन्दै यसमो अलवा सिममा क्वारेन्टाईनमा समेत थप समस्या रहेको बताएका थिए ।उनले नाकाका फलफुल तथा अन्य कृषि उपजको उचित रुपमा चुस्त दुरुस्त मात्रामा विसाधीको चेक जाँच हुनुपुर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा बुटवल उपमानगरापलिका कमिटि अध्यक्ष बाबुराम पन्थी, नेपाली काग्रेस नगर सभापती खेलराज पाण्डे, खुद्रा किनारा ब्यबसायी संघका अध्यक्ष गंगाधर न्यौपाने, रूपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उधोग ब्यापार संघका बाणिजय उपाध्यक्ष ज्वोति भन्डारी, प्रदेस न ५ उपभोक्ता हित सरक्षण मंच अध्यक्ष तेज कुमार पाठक, सस्थापक अध्यक्ष घन्स्याम भुसाल, नाराणघाट फलफुल ब्यबसायी संघका अध्यक्ष मदन सापकोटा, महानगर फलफुल तरकारी ब्यबसायी संघ का अध्यक्ष थिर प्रसाद धिताल, बाबुराम भुसाल लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न सममयमा रक्तदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको थियो । संस्थाको आगामी योजानको विषयमा अध्यक्ष केशव कुँवरले प्रकाश पारेका थिए

 
 
  
 

You may also like