एकै रातमा तीन महिलामाथि बलात्कार, २२ वर्षीय युवा पक्राउ

by समतल अनलाइन

रुकुम । एकै रातमा तीन महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् । पति नभएकी महिलाको घरमा गएर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय (रुकुम)का डीएसपी सुमित खड्काले बताए ।

उनका अनुसार केशवले मंसिर २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए । सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबरजस्ती करणी गरेको स्वीकारेका छन् । उनी ढोकाको चुकुल निकालेर घरभित्र प्रवेश गरेका थिए ।

प्रतिकार गरे पनि जबरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like