करोड खर्चेर अमेरिका पुगेका युवालाई हत्कडी, विमान चार्टर गरी नेपाल ल्याइयो

by समतल अनलाइन

काठमाडौं, ३ पुस । अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ ।

अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो । उनीहरु रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो ।
केहीले अमेरिका पुग्न एक करोड रुपैंयाँसम्म खर्च गरेको बताएका छन् । तर घर जान उनीहरुसँग बस भाडासमेत थिएन ।

प्रहरीले नै उनीहरुलाई बस भाडा दिएर घर पठाएको छ । अमेरिकाबाट उडेको १३ सिटे विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरुको देशमा छाडेपछि नेपाली लिएर काठमाडौं आएको हो । उनीहरुलाई लिन मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी अधिकारीहरु विमानस्थल पुगेका थिए । नयाँ पत्रिका दैनिकबाट

FacebookTwitterPinterestLinkedInMessengerWhatsApp

 
 
  
 

You may also like