४१ महिनाभित्र नागढुङ्गामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग

by समतल अनलाइन

काठमाडौं। अबको ४१ महिनाभित्र काठमाडौंको नागढुङ्गा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ ।

काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like