पूर्वसभामुख महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश

by समतल अनलाइन
66Shares

काठमाडौँ।सुन तस्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधिशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो। सुन तस्करी प्रकरणमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो।

गत असोज २९ गते जिल्ला अदालत काठमाडौँले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार जिल्ला अदालतको आदेश नमिलेको भन्दै त्यसलाई बदर गरेको हो ।

गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

You may also like