आरम्भ चौतारी लघुवितित्त द्वारा एकदिने सदस्य साक्षरता कार्यक्रम सम्पन्न

by समतल अनलाइन
23Shares

बुटवल ।आरम्भ चौतारी लघुवितित्त सस्था लिमिटेड बुटवल शाखा कार्यालयको आयोजनामा एक दिने सदस्य साक्षरता कार्यक्रम मंगलबार बुटवलमा सम्मपन्न भएको छ।

आरम्भ चौतारी लघुवितित्त सस्था लिमिटेड बुटवल शाखा कार्यालयका स्टेसन म्यानेजर सन्तोष कुमार चन्डको अध्यक्षता र बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो।

साक्षरता कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले सस्थाबाट रिण लगेर जुन प्रयोजनको लागि लगियको हो सोहि प्रयोजनमा लगानि गरि मेहनतका साथ उधमि बनेर स्वाबलम्भि बन्न सुझाव दिनु भयो। अहिलेको जमना भनेको प्रतिस्पर्धाको भएकोले आफु आफैमा आत्म निर्भर, स्वरोजगार हुने र कसै संग पनि माग्न नपर्ने गरि उधमि बन्न सुझाव दिनु भयो।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय सस्थाले देश भरका विभिन्न ५७ जिल्लामा सेवा प्रदान गरिहरेको छ। यस संस्थाले विपन्न तथा पिछडीएको दुरदराजमा रहेका लक्षित वर्गलाइ वित्तीय पहुँच विस्तार गर्दै सातै प्रदेशमा सेवा प्रवाह गरिरहेको छ। यस संस्थाले १४० वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको र १,०३,००० महिला तथा पुरुष सदस्यहरुलाइ कर्जा तथा बचत सेवा प्रदान गरिरहेको सन्तोष कुमार चन्दले जानकारि दिनु भयो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल भद्रकाली बहुउद्देश्यीय सहकारि सस्थाका सदस्य देवि कुमार श्रेष्ठ लगातले मन्त्ब्य राखुभएको थियो।

आरभ चौतारी लघुवितित्त सस्था लिमिटेडले साधारण कर्जा, व्यबसायिक कर्जा, मौसमी कर्जा, उर्जा कर्जा, कृषि कर्जा, उपभोग कर्जा, आकस्मिक कर्जा, लगाएतका कर्जा मा १५% बार्षिक ब्याज दरमा रिण उपलब्ध गराउदै आएको छ।
सस्थाले दलित, हलिया, वादी, मुक्तकमैया, द्वन्द्वपिडित, एकल महिला, अपाङ तथा ज्येष्ठ नागरिकहरुलाई कर्जामा लिने व्याजदरमा १ प्रतिशत छूट दिदै आएको छ।

नेपालका दुर्गम ग्रामिण क्षेत्रमा रहेका पिछडिएका वर्गलाई अवसर प्रदान गरी आय-आर्जन बढाई आत्मनिर्भर बनाउने सस्थाको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा १ देखि १२२ केन्द्र समुहको सहभागिता रहेको थियो।

कार्यक्रमको स्वागत बुटवल शाखाका कर्मचारी मुना पौडेल र सन्चालन बुटवल शाखाका प्रबन्धक पवि पाण्डे गर्नु भएको थियो।

You may also like