बुटवल।विदेशी शिक्षा तथा विद्यार्थी भिसा सेवामा विश्वसनीय नाम मानिँदै आएको एबिसी ग्लोबल एजुकेशन प्रा.लि. ले बुटवलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र दुबईका लागि आवश्यक शैक्षिक परामर्श तथा विद्यार्थी भिसा प्रक्रिया सहज र व्यावसायिक तरिकाले उपलब्ध गराउने उद्देश्यले बुटवल शाखा स्थापना गरिएको हो।
अष्ट्रेलियाको ब्रिस्बेनमा मुख्य कार्यालय रहेको यस संस्थाले नेपालका मुख्य शहरहरूमा नौवटा शाखा सञ्चालन गरिरहेको छ। लुम्बिनी प्रदेश प्रमुख रोशन प्रताप कंडेलका अनुसार नयाँ बानेश्वर, पुतलीसडक, पोखरा, चितवन, इटहरी, दाङ र बुटवलसहित नौ स्थानबाट सेवा विस्तार भइसकेको छ।
कंडेलका अनुसार एबिसी ग्लोबल एजुकेशन एक अन्तर्राष्ट्रिय स्तरको भाषा प्रशिक्षण केन्द्र पनि हो, जहाँ IELTS, PTE लगायतका तैयारि कक्षाहरू अनुभवी प्रशिक्षकमार्फत उपलब्ध गराइन्छ। “हामीले भाषा कक्षा, मुलुक तथा विश्वविद्यालय छनोटदेखि भिसा प्रक्रिया सबै कुरा सहज ढंगले मार्गदर्शन गर्छौँ,” कंडेलले बताए।
बुटवल–राजमार्ग चौराहामा अवस्थित नयाँ शाखामा पूर्ण वातानुकूलित खुला कक्षाहरू, आधुनिक परामर्श कक्ष, आकर्षक कार्यकक्ष, बैठक कोठा तथा निजी पार्किङ सुविधा जस्ता व्यवस्थाहरू उपलब्ध छन्।
निकट भविष्यमै लुम्बिनी प्रदेशमा थप ६ नयाँ शाखा खोल्ने योजना संस्थाले अघि सारेको छ। जसअन्तर्गत परासी, कपिलवस्तु, पाल्पा, नेपालगञ्ज, भैरहवा र ताम्घास (गुल्मी) मा विस्तार गरिनेछ। “हामी आधुनिक सुविधासहितको कार्पोरेट कार्यालयबाट गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौँ,” कंडेलले भने।
विगत २४ वर्षको अनुभव बटुलेका कंडेल शैक्षिक परामर्श क्षेत्रका स्थापित विज्ञ मानिन्छन्। क्यान महासंघ रुपन्देही तथा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष समेत रहेका उनी विभिन्न व्यवसायिक संघ–संस्थामा सक्रिय रहँदै आएका छन्।
करिब १ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको बुटवल शाखाले संस्थाको प्रभावकारिता बढाउने उद्देश्यले स्थानीय लोकल पार्टनर समेत खोजी गरिरहेको जनाएको छ।

