बुटवल।नेवा: सेवा समितिले २० औँ स्थापना दिवस मनाएको छ।मंगलबार बुटवल देविनगरमा मंगलबार स्थापना दिवस मनाएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा समाजसेवी रविन्द्र गोपाल लाकौलले समितिको २० वर्षे योगदान प्रशंसनीय रहेको बताउँदै नेवा: समुदायले देखाउँदै आएको सांस्कृतिक अनुशासन, परम्परा र सामाजिक सेवाको भावना आजको समाजका लागि मार्गदर्शक भएको उल्लेख गरे।

त्यसैगरी समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले २० वर्षको यात्रा सहज नभएको तर समुदायको साथ र सदस्यमानसको प्रतिबद्धताले संस्थाले निरन्तर अगाडि बढ्न सफल भएको जना
समितीका उपाध्यक्षका समितिमा सक्रिय सारदा श्रेष्ठले स्वागत मन्तव्य दिँदै नेवा: समुदायको पहिचान, भाषा, संस्कृति र परम्परा संरक्षणमा समिति निरन्तर प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा नेवा पुच नेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठ, निसा देय दबु बुटवलकी अध्यक्ष सीता जोशी, र तानसेन गुठीका अध्यक्ष केदार प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले २० वर्षसम्म निरन्तर संस्कृतिको जगेर्ना गर्दै आएको समितिको भूमिकाको प्रशंसा गरे।
स्थापना दिवसको अवसरमा समितिले गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
छात्रवृत्ति प्राप्त गर्नेमा आयुष्मा श्रेष्ठ, प्रशन्न श्रेष्ठ, सुजल खड्का, कृष्ती श्रेष्ठ तथा रितु गाहा रहेका छन्।
कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए।भने प्रमुख आतिथ्यता समाजसेवी रविन्द्र गोपाल लाकौल र अध्यक्षता समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ रहेका थिए ।

