65
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने दाबी गरेका छन् ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै केपी ओलीलाई छाडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने जिकिर गरे ।
‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,’ प्रचण्डले भने ।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका १० राजनीतिक दल नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण भएका छन् ।





