80
			
		
		
			
            
				            
			
			        
    बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाटामा सोमबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक पाणिनी गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम विक र सोही ठाउँका २४ वर्षीय सागर विक रहेका छन् ।
ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल उनीहरूले चलाउँदै गर्दा सोमबार साँझ करिब पौने ८ बजे आफैं अनियन्त्रित भई सडककिनारमा रोकी राखिएको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
			        

												
														

