नेपाल र ओमान टी–२० विश्वकप २०२६मा छनोट

by समतल अनलाइन
79Shares

काठमाडौँ । नेपाल र ओमान आइसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।

सुपर सिक्स अन्तर्गत आजसम्म सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा सहभागि हुने निश्चय भएको हो।

यी दुवै टोली आगामी माघ २४ देखि फागुन २४ सम्म भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट हुने तेस्रो टोलीको नाम भोली युएई र जापानबीचको खेलले निर्धारण गर्नेछ। त्यस्तै कतार र सामाओ विश्वकपको दौडबाट बाहिरिएका छन्।

आज केहीबेरपछि सुपर सिक्सको अर्को खेलमा नेपाल र ओमान आमनेसामने भिड्ने छन्।

You may also like