नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९

by समतल अनलाइन
77Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।भारतबाट आयात भएका इन्धनमा पेट्रोल २.५६ रुपैयाँ र डिजेल २५ पैसाले सस्तो आएकोले निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

मूल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

You may also like