अर्थ मन्त्रालयका १२ सहसचिवको सरूवा, भन्सार विभागको महानिर्देशकमा भण्डारी

by समतल अनलाइन
60Shares

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका १२ सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागको महानिर्देशकदेखि भन्सार कार्यालयका प्रमुखहरू फेरेका हुन् ।

सहसचिव सुमन दाहाल अर्थ मन्त्रायको बजेट तथा कार्यक्रम महाशाखामा भित्रिएका छन् । उनी हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट अर्थ मन्त्रालय सरूवा भएका थिए ।

सुमन दाहाल, टंकप्रसाद पाण्डे, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, टंकनाथ लम्साल, भरतमणि पाण्डे, दीपक लामिछाने, रमेश अर्याल, जनकराज शर्मा, दिलिप कुमार गौतम, पदमकुमार श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसअनुसार मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् । उनी महेश भट्टराईको स्थानमा पदस्थापन हुँदा भट्टराईलाई भने मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ ।

हेर्नुस् को कहाँ ?

You may also like

This will close in 0 seconds