131
इलाम । नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पाँचदिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।
अतिक्रमित भूमिबारे नेपालमा ऐतिहासिक एकता कायम भएको भन्दै खनालले नेपालीहरूबीचको एकता नै समस्या समाधानको ग्यारेन्टी भएको बताए । ‘जुनसुकै रूपमा लगिएको होस्, हाम्रो भूमि फिर्ता गरेरै छाड्छौँ,’ उनले भने, ‘हामीलाई भारतको एक इन्च भूमि चाहिएको छैन र हाम्रो भूमि एक इन्च पनि छाड्दैनौँ ।’ उनले अतिक्रमित भूमिका बारेमा दलको आबद्धताभन्दा माथि उठेर एक हुन आह्वान समेत गरे ।