40
काठमाडौं । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए ।उनका अनुसार, कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यस्तै, आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।