तीन शर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

by समतल अनलाइन
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन शर्तमा छुटेका छन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन शर्तमा छुटेका जिल्ला प्रहरी परिसर काठमाडौं एसपी अपिलराज बोहराले जानकारी दिए ।

शर्तमा कागज गराई परिवारको जिम्मामा छोडेको उनले बताए । प्रहरीले दिनभरी उनलाई सोधपुछ गरी पौने आठ बजेतिर छाडेका हो।‘अबदेखि श्री ५ नलेख्ने’ शर्तसहित छुटेका छन् । बिहान ८ बजेतिर निवास नजिकैबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका वक्तव्य, सम्बोधनलगायतमा उनले नै ‘श्री ५’ लेखेर सार्वजनिक गरेको भन्दै प्रहरीले मौखिक उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो । बिहान नियन्त्रणमा लिएर उनलाई दिनभर काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।

‘अबदेखि श्री ५ नलेख्ने शर्तमा छाडेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले भने, ‘पहिला प्रयोग गरिएका सबै विज्ञप्ति पनि फेसबुकबाट हटाउने प्रतिवद्धता जनाएका छन् । अबदेखि जारी हुने त्यस्ता सूचनामा पनि संवाद सचिव नलेख्ने र पूर्वराजा नै उल्लेख गर्ने शर्तपछि हामीले छाडेका छौँ ।’ उनका अनुसार पाठकलाई आफन्तको जिम्मा लगाइएको छ ।

यी हुन् शर्तहरू :
आफ्नो फेसबुकबाट यसरी मेसेजहरू सम्प्रेषण नगर्ने ।
यसरी पोष्ट गरिएको मेसेजहरू डिलिट गर्ने ।
अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने ।

You may also like

This will close in 0 seconds