बुटवल।कालिकानगरस्थित ब्लु स्क्वायर यामाहा मोटरसाइकल कम्पनीले आफ्नो ७० औं वार्षिकोत्सवको अवसरमा विशेष साटासाट कार्यक्रम सञ्चालनमा ल्याएको छ । असार २५ गतेदेखि ३२ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले पुरानो मोटरसाइकल दिएर नयाँ यामाहा मोटरसाइकल सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
पुरानो मोटरसाइकलको मूल्यांकन कम्तीमा पनि रु २५,००० हुने व्यवस्था गरिएको छ, चाहे त्यो जुनसुकै कम्पनीको किन नहोस् । त्यससँगै रु १०,००० सम्म थप मूल्य लाभ, केही मोडेलमा शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी, सजिलो कर्जाको सुविधा, २ वर्षसम्म कर छुट, र निःशुल्क सवारी जस्ता थप आकर्षणहरू पनि उपलब्ध छन् ।


‘साधारणबाट गौरवशाली यात्रातर्फ उक्लिने अवसर’ भन्ने नारासहित यामाहाले ग्राहकहरूलाई रु ७,००० सम्म नगद छुट र ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना पनि दिएको छ ।
यो साटासाट कार्यक्रम नेपालभर रहेका सम्पूर्ण यामाहा प्रदर्शनी कक्षहरूमा एकै साथ सञ्चालन भइरहेको छ । बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूका लागि पुरानो सवारी साधन दिएर नयाँ यामाहा मोटरसाइकल लिन उपयुक्त अवसर हो ।
७ दशकको गौरवपूर्ण यात्रामा यामाहाले नेपाली सवारी प्रेमीहरूसँग सँगै यात्रा गरेको छ र अबको यात्रामा पनि अझै आकर्षक योजना र सहज सेवासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।