बुटवल-नारायणगढ सडक: दाउन्नेमा सडम भासियो ,सवारी आवागमन पुर्ण रुपमा ठप्प

by समतल अनलाइन
Shares

बुटवल । लगातारको वर्षासँगै पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने क्षेत्रको खुर्सानी खोलानजिकको सडक भासिएपछि बर्दघाट–दुम्किबास सडक खण्डमा रातिदेखि नै सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ। सडक भासिएर सोही स्थानमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि एकातिरको सवारी पनि रोकिएको छ भने अर्कातिर पूर्वबाट आएका गाडीहरू पनि बीचमै थुनिएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार पूर्वतर्फ जान चाहने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा रोकिएका छन् भने पश्चिमतर्फबाट आएका सवारी साधनहरू दुम्किबासमै थुनिएका छन्। रातिदेखि सुरु भएको यो समस्या तत्काल समाधान हुने सम्भावना भने वर्षाको निरन्तरताले न्यून देखिएको छ।

यसअघि पनि खुर्सानी खोलाको यही खण्डमा पटक–पटक सडक भासिँदा यातायात अवरुद्ध हुने गरेको थियो। अहिले नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत दाउन्ने खण्डको करिब १४ किलोमिटर सडकको काम निकै सुस्त गतिमा अघि बढिरहेको छ। यही ढिलाइले गर्दा वर्षा सुरु हुनेबित्तिकै सडकमा समस्या देखिन थालेको हो।

प्राविधिक टोली खटिए पनि वर्षाका कारण मर्मतको प्रयासमा अवरोध भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना नदेखिएको डिएसपी पन्तले बताएका छन्। स्थानीयवासी र यात्रुहरू भने बर्सेनि दोहोरिने यस समस्याको दीर्घकालीन समाधानको माग गरिरहेका छन्।

You may also like

This will close in 0 seconds