एकै परिवारमा विष सेवनको पीडा: तीन बालबालिकाको मृत्यु, आमाको उपचार जारी

by समतल अनलाइन
189Shares

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छिन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गरेका थिए। घटनामा ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर अवस्थामा रहेकी आमा पवित्रा साहलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

You may also like