अब कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि

Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका तय गरेको छ । बोर्डले पूर्व निर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।

यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्र िकेपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका थिए ।

You may also like