बुटवल। १८ वर्षअघि नेवार समुदायलाई संगठित गर्न स्थापना गरिएको नेवाः सेवा समितिको ७ औं कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार बुटवलमा सम्पन्न १६ औं साधारणसभा तथा ७ औं अधिवेशनले डिल्लीकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष दल बहादुर श्रेष्ठ, उपाध्यक्ष शारदा श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष प्रमोद कसजू, सहसचिव देवकुमार श्रेष्ठ, सदस्य ओम प्रकाश श्रेष्ठ (ख), अर्जुन श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लिलप्रसाद श्रेष्ठ, अनिल कुमार चुके, भगवती श्रेष्ठ, लक्ष्मी कर्माचार्य रहेका छन्। लेखा समितिमा संयोजक ध्रुवकुमार श्रेष्ठ, सदस्य जनकलाल श्रेष्ठ र सुर्यलाल श्रेष्ठ चयन भएका छन्।
महिला समितिमा अध्यक्ष चमेली श्रेष्ठ, उपाध्यक्ष बिष्णुमाया श्रेष्ठ, सचिव लक्ष्मी कर्माचार्य, सहसचिव भगवती श्रेष्ठ, कोषाध्यक्ष सम्झना श्रेष्ठ, सहकोषाध्यक्ष पार्वती श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ, भिम कुमारी श्रेष्ठ, जमुना राजभण्डारी, सरिता श्रेष्ठ (ख) चयन भएका छन्। अधिवेशनको उद्घाटन प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले गरेका थिए। २०६३ सालमा गठन भएको समितिको आफ्नै बहुउद्देश्यीय भवन र क्रियापुत्री कक्ष सञ्चालनमा छन्। लगातार तीन कार्यकाल अध्यक्ष रहेका चिरन्जीवी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका छन्।