कर्पोरेट कप फुटसलमा लुम्बिनी फोटोग्राफर संघको उत्साहजनक सहभागिता

by समतल अनलाइन
Shares

बुटवल बुटवलमा जारी साइन रेसुङ्गा कर्पोरेट कप फुटसल प्रतियोगितामा लुम्बिनी फोटोग्राफर संघले पनि सहभागिता जनाएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा महासंघको ७० औँ स्थापना दिवसको अवसरमा सञ्चालन भइरहेको प्रतियोगितामा संघले आफ्नो टिमसहित प्रतिस्पर्धा गरेको हो।

संघका अध्यक्ष दिनेश अर्यालका अनुसार खेलकुदले आपसी भाइचारालाई मजबुत बनाउने भएकाले प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लागेको बताए। प्रतियोगिता बुटवल–११ देविनगरस्थित ग्रिनफिल्ड फुटसल एरिनामा भइरहेको छ।

लुम्बिनी फोटोग्राफर सहित प्रतियोगितामा कर्पोरेट कपतर्फ २२ टिम सहभागी भएका छन्।

You may also like