बुटवल । सिजी मोटर्सले आफ्नो एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल, एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, बुटवलमा सार्वजनिक गरेको छ। मंगलबार बुटवलमा आयोजित एक भव्य कार्यक्रममा यी मोटरसाइकलहरू ग्राण्ड लन्च गरिएका हुन्।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल-९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, सिजी मोटर्सका आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ्ग प्रालिका म्यानेजिङ डाइरेक्टर भेषराज गैरेलगायतको विशेष उपस्थिति रहेको थियो।
सिजी मोटर्सले आफ्नो एक्स्ट्रिम सिरिजमा उच्च प्रदर्शन र उत्कृष्ट डिजाइन भएका यी मोटरसाइकलहरू उपभोक्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर सार्वजनिक गरेको जनाएको छ। कार्यक्रमका दौरान नयाँ मोटरसाइकलहरूको विशेषता र प्राविधिक विवरणहरू पनि प्रस्तुत गरिएको छ ।
नयाँ मोटरसाइकलहरू आधुनिक प्रविधिले सुसज्जित छन् र युवापुस्तालाई लक्षित गर्दै बजारमा ल्याइएको छ। एक्स्ट्रिम १६० आर फोरभीले शक्तिशाली इन्जिन र स्टाइलिश लुक प्रस्तुत गर्दछ भने एक्स्ट्रिम १२५ आरले उत्कृष्ट माइलेज र सिट कम्फर्टको विशेषता प्रदान गर्दछ।
सिजी मोटर्सले ग्राहकहरूको आवश्यकता अनुसार विभिन्न अफर र योजना पनि ल्याउने प्रतिबद्धता जनाएको छ। मोटरसाइकलप्रेमीहरूलाई लक्षित गर्दै कम्पनीले यस्ता नविनतम उत्पादनहरू निरन्तर सार्वजनिक गर्दै जाने योजना रहेको जानकारी दिएको छ।