121
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् । उनले आफ्नो एक्स (ट्वीटर) खातामार्फत बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नु भएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु ।’