कुपण्डोलमा पनि भासियो सडक, निस्कियो पानी

by समतल अनलाइन

ललितपुर । ललितपुरको कुपण्डोलमा सडकको बीच भाग नै भासिएको छ । भासिएको सडकबाट ठूलो पानी निस्किएको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो । सडकबाट पानी निस्कँदा गाडी, मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरुलाई समस्या भएको छ ।

के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ । सडकमा बगेको पानीले यातायात समेत प्रभावित बनेको छ । पानीको बहावका कारण केही मोटरसाइकल समेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ । यसअघि काठमाडौंको इमाडोलमा पनि सडक भासिएको थियो ।

 
 
  
 

You may also like