शेयर बिक्री प्रकरणमा सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।

सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ । सो कारोबार शंकास्पद र अविश्वसनीय रहेको भन्दै नेपालमा सार्वजनिक रुपमा प्रश्न उठेका बेला सांसद सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

 
 
  
 

You may also like