नमस्ते एकेडेमीको श्रीलंकामा उत्कृष्ट प्रदर्शन

by समतल अनलाइन

कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रिय विद्यालय नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी सहभागी भइ उत्कृष्ट प्रदर्शन गरेका छन ।

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण , २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका छन।

बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर भएको खेलमा नेपाल , भारत , श्रीलंका , पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

श्रीलंकाको राजधानी कोलम्बोमा
नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा रहेका नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते बिधामा एक स्वर्ण र काँता बिधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ , हिमानी थापा मगर र ,वीरबहादुर कुमालले कास्य पदक पाई उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपालीको नाम दक्षिण एसियामा चम्काउन सफल भएको टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनु भयो।

समुदघाटन समारोहमा नेपाल र नेपालीको खेलाडीको खेललाई हौसला दिन श्रीलंका पुगेका नेपालका चर्चित न्युरोलोजिस्ट डाक्टर लेखजङ्ग थापाले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो,राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे । सहभागी राष्ट्का खेलाडीलाई हौसला दिँदै यस्तो भव्य र सभ्य खेल आयोजना गर्ने श्रीलङ्कन कराँते एसोसिएसनलाई रू एक लाखको चेक हस्तान्तरण गरे ।

नेपाल र नेपालीको नाम विदेशी भूमिमा चिनाउन सफल कराँते र यसका खेलाडी , कोच र रेफ्रीलाई राज्यले उचित ध्यान दिनु पर्ने खेल प्रशिक्षक कमरुद्दिन अलीले बताए।
नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।

 
 
  
 

You may also like