लुम्बिनीका चार जिल्लामा सोमबार बिदा

by समतल अनलाइन

लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।

लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले प्रस्ट पारे ।

 
 
  
 

You may also like