142
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ ।
गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा एक सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।
विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् । यद्यपि नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन् ।