राष्ट्रपति निर्वाचन : उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (मंगलबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । उमेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । उनी आठ दलका साझा उम्मेदवार हुन्् । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने छन् ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुनेछ । सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like