रक्तदान कार्यक्रमसंगै सास्कृतिक नृत्यहरु हुने बुटवलमा !

by समतल अनलाइन

बुटवल ।दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन ४ देखि ६ गतेसम्म ३ दिन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा रक्तदान, जुमा नृत्य, सास्कृतिक नृत्य तथा सम्मान कार्यक्रम गरी मनाईने प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङले बताए ।

पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठको जुमा र डान्स, दिउँसो सास्कृतिक नृत्यहरु गरिने उनले बताए । बुटवल उपमहानगरपालिका आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देही, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देही, चलचित्र पत्रकार संघ रुपन्देहीको सहयोग रहेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा १३ लाख खर्च हुने अनुमान आयोजकको छ । पहिलो नृत्य दिवस भक्तपुर ठिमी नगरपालिकाको आयोजनामा भएको थियो । जसमा पालिकाबाट १५ लाख खर्च बिनियोजन गरिएको थियो । रुपन्देहीका विद्यालयहरुबाट सहयोग भएको उनले बताए । कलाकारलाई गहना भन्ने तर आवश्यक सहयोग नहुने गरेको उनले दुःखेसो गरे ।

कार्यक्रममा संघका सल्लाहकार मनिष पन्तले लामो समयदेखिको तयारी गरी भव्य कार्यक्रम गर्न लागेको बताए । करिब ६ महिनाअघिबाट लुम्बिनी डान्स आईकनबाट तयारी शुरु गरेको उनले बताए । प्रत्येक जिल्लाबाट १० जनाको टिम आवश्यक तयारीमा लागेर नृत्य प्रदर्शन गरिने उनले बताए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालका नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले सास्कृतिक नृत्य संरक्षणमा अघि बढेको भएपनि सरकारबाट सहयोग नमिलेको दुखेसो गरे । नेपालका नृत्य शिरोमणि ९१ वर्षीय भैरव बहादुर थापाको जन्म दिवस फागुन ६ गतेलाई नेपालमा आधिकारिक नृत्य दिवसको घोषणा हुनुपर्ने माग सरकारमा राखेको बताईन् । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, संघका नगर अध्यक्ष माईकल दर्लामीले ब्यावसायिक कला क्षेत्रको विकासमा सरकारको भूमिका रहनुपर्ने बताए । प्रदेशका ९ जिल्लामा ५ सय सदस्यहरु आवद्घ छन्।

 
 
  
 

You may also like