इण्डोनेशिया भूकम्प : मृत्तकको संख्या २६८ पुग्यो, १५१ जना बेपत्ता

by समतल अनलाइन

काठमाडौँ । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २६८ जना पुगेको छ । १५१ जना हराइरहेका छन् ।

राजधानी जकार्ताबाट झण्डै ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको सियानजुर सहर नजिक केन्द्र बिन्दु बनाएर हिजो ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक हजार भन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

केही घाइतेको उपचारको क्रममा ज्यान गएको हो । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् । भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ हजार घरमा क्षति पुगेको र कम्तीमा ५८ हजार मानिस विस्थापित भएका इन्डोनेसिया सरकारले जनाएको छ ।

 
 
  
 

You may also like