रुसले कब्जा लिएको २० बस्ती फिर्ता लिएको युक्रेनको दावी

by समतल अनलाइन

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।

‘सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौं’, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने । युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौं क्षेत्रहरू पुनः कब्जा गरेको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूणर् नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

 
 
  
 

You may also like