कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like