नेपालको टी-२० वरीयता खस्कियो

by समतल अनलाइन

काठमाडौं । नेपाली क्रिकेट टिमको टी-२० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।

यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।

हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय श्रृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । श्रृंखलामा नेपाल २-१ ले अघि छ । नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ ।

 
 
  
 

You may also like