न्युयोर्क आक्रमण : प्रहरीले सार्वजनिक गर्‍यो आक्रमणकारीको तस्बिर

by समतल अनलाइन
Shares

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रुकालिनको एक सबवे स्टेसनमा भएको गोली आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार उनले आक्रमणको विषयमा ६२ वर्षीय फ्रन्क आर जेम्स नाम गरेका व्यक्तिको खोजी भइरहेको छ । उनले हालै मात्र एक भ्यान भाडामा लिएका थिए । उक्त भ्यानको यो आक्रमणसँग सम्बन्ध हुन सक्ने अनुमान छ । सबवेमा भएको आक्रमणस्थलमा प्रहरीले गाडीको साँचो फेला पारेको थियो ।

न्युयोर्क प्रहरी विभागका प्रमुख जेम्स एसिगले भने, ‘हामी अहिले ती व्यक्तिको रेलसँग कुनै सम्बन्ध थियो कि थिएन भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ प्रहरीले यस विषयमा मानिसहरुसँग प्राप्त भएको सूचना आफूलाई दिन आग्रह गरेको छ । सनसेट पार्कस्थित ३६ औं स्ट्रिट स्टेसनमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ८ बजे आक्रमणकारीले स्मोक बम फ्याँकेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यो आक्रमणमा २० जना मानिसहरु घाइते भएका छन् ।

You may also like

This will close in 0 seconds