बुटवल।अपाङ्गता भएका महिलाहरुको विभिन्न माग संवोधन गर्न माग सहित अपाङ्गता महिला संघले प्रदेशका महिला वालवालिका तथा समाजकल्याण रमा घर्ती मगरलाई ज्ञापन पत्र बुझाएको छ । अपाङ्ग महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल सहितको टोलीले मन्त्रालयमा पुगेर मन्त्री मगरलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञान पत्रमा अपाङ्गता भएका व्याक्ति तथा मिलहाको खण्डीकृत तथ्यांक, व्इाक्तिगत नियमित अध्यावधिक गरिनुपर्ने यसको लागि स्थानिय तहमा डिजीटल प्रविधि मार्फत गरिनुपर्ने माग गरिएको छ । यस्तै
अपाङ्गता परिचयपत्र वितरण गर्दा व्यापक अनियमितता भएको गुनासाहरु आइरहेको हुदा परिचयपत्र वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थित गरि परिचयपत्र कार्यविधि संसोधन गरिनु पर्ने साथै अनुगमन गुनासा सुनुवाई संयन्त्रको निर्माण गरिनुपर्ने अपाङ्गता गरिवीको कुचक्रलाई अन्त्य गरिबीको रेखामुनी भएकाहरुको पहिचान नदित कार्यक्रमहरु गरिनु पर्ने ।
पुर्ण अपाङ्गता भएका व्याक्तिहरुले पाउदै आएको निर्वाह भत्ता वृद्धिको माग सहित अपाङ्गता भएका व्याक्तिहरुको लागि भौतिक संरचना अपाङ्गता मैत्री निर्माण गरी कार्यान्व्यनमा ल्याउन माग गरिएको छ । यस्तै स्वास्थ्यमा विश्वव्यापी पंहुच अभिवृद्धि गर्न अपाङ्गता मैत्री पहुँचयुक्त स्वास्थ्य सेवा, निःशुल्क उपचार र स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिनुपर्ने ।
अपाङ्गता भएका व्यक्ति र महिला प्रति नकारात्मक धारणा तथा व्याम लैंगिक विभेद अन्त्य गर्न सबै तहबाट चेतनामूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने,
अपाङ्गता भएका बालबालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चितता गर्न समावेशी शिक्षालाई स्थानियकरण गर्न पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जन र सबै विद्यालयलाई अपांगतामैत्री बनाउन वार्षिक नीति कार्यक्रम र बजेटमा समावेश गरिनु पर्ने ।
अपाङ्गता समन्वय समिति पालिका र प्रादेशिक स्तरमा, निर्देशक समिति संघीय स्तरमा गठन भएकोमा हाल अपाङ्गता परिचयपत्र बितरण कार्य मात्र गरिरहेको र अन्य तोकिएका अधिकारहरुमा खासै काम हुन नसकेकोमा बजेट विनियोजन गरि कर्मचारी, कार्यालय स्थापना र सम्पर्क व्यक्ति तोकिने व्यवस्था गरिनु पर्ने,विद्यालय तथा सार्वजनिक स्थानमा सबै महिलाहरु र विशेष गरी अपाङ्गता भएका महिला र बालिकाहरुको महिनावारी सरसफाई व्यवस्थापनका लागी पर्याप्त पानीको उपलब्धता तथा अन्य आवस्यक सुविधाको सुनिश्चितता गर्ने कुरालाई योजनामा उच्च प्राथमिकतामा राखिनुपर्ने ।
अपाङ्गता भएका महिलाहरू विरुद्ध हुने सबै प्रकृतिका हिंसालाई शुन्य सहनशिलताको आधारमा अन्त्य गर्न र यस्ता हिंसाबाट प्रभावित महिलाहरूलाई चाँडोभन्दा चाँडो न्यायमा पहुँच पुर्याउन संघिय, प्रादेसिक र स्थानिय स्तरमा अत्यावस्यक सेवा, सुविधा र विशेष व्यवस्थाहरू गरिनु पर्ने । साथै यस सम्बन्धिका कार्यक्रमहरुका लागि उचित र पर्याप्त बजेट विनियोजन गरिनु पर्ने ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हनन, हिंसा तथा विभेदका विरुद्ध उजुरी सङ्कलन सो उपर छानविन गर्न आवश्यक विधि, उपकरण तथा जनशक्ति उनीहरूकै संस्थाहरू सँगको साझेदारीमा छिटो स्थापना गरि न्याय निरूपणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री घर्तीमागरले अपाङ्गता भएका सिंगो समाज र महिला प्रति आफु जहिले पनि सकारात्मक रहेको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् । उनले आगामी दिनमा सरकारले बनाउने निति तथा कार्यक्रमा साथै बजेट निर्माणमा समेत अपाङ्गता महिलाहरुको लागि विशेष प्रथमिकता दिने समेत प्रतिवद्धता व्याक्ति गरिन् । कार्यक्रममा अपाङ्गता महिला संघ रुपन्देहीका सचिव पार्वती न्यौपाने, कोषाध्यक्ष प्रतिभा कण्डेल सहित सुस्तमनःस्थिति विद्या मन्दीर बुटवलका प्रधानाध्यापक मिना पाठक लगायतको सहभागीता रहेको थियो ।